- कुमार इङनाम, माधव चौलागाई, राजेन्द्र सिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिएका हुन् ।
काठमाडौं :नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपतिको कार्यालय शीतल निवासमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
कुमार इङनाम, माधव चौलागाई, राजेन्द्र सिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिएका हुन् । इङनामलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण ,चौलागाईलाई वन तथा वातावरण,भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई महिला तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
भण्डारी नेपाल प्रहरीका पूर्वएआईजी हुन् । इङनाम काठमाडौं स्कुल अफ लका प्रोफेसर हुन् भने श्रद्धा पर्यटन बोर्डको कर्मचारी हुन् । वन मन्त्री बन्न लागेका चौलागाई पेशाले जनस्वास्थ्यविद् हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।