‘संविधान संशोधन गर्न सकिदैँन् भने प्रधानमन्त्रीले राजीनामा दिए हुन्छ’

२०८२ मङ्सिर १० बुधबार
सारांश
  • बुधबार प्रधानमन्त्री निवास बालुवाटारनजिकै प्रदर्शन गर्ने क्रममा उनले जेनजीहरुले देशमा स्थिरता र सुशासनको माग राखेको भन्दै यो कुरा प्रधानमन्त्रीले सुन्न नचाहेको बताए ।

काठमाडौं : जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशिला कार्कीले जेनजीहरुको कुरा सुन्न नचाहेको गुनासो गरेका छन् । 

 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारनजिकै प्रदर्शन गर्ने क्रममा उनले जेनजीहरुले देशमा स्थिरता र सुशासनको माग राखेको भन्दै यो कुरा प्रधानमन्त्रीले सुन्न नचाहेको बताए ।

 

उनले भने, ‘देशको अवस्था स्थिर होस र देशमा सुशासन होस भन्ने कुराको माग गरेको देशको प्रधानमन्त्री सुशिला कार्कीज्यूले हाम्रो कुरा सुन्नै चाहानु भएन, उहाँलाई चुनाव नै अनिवार्य हो जस्तो लागेको छ तर त्यो होईन् । हाम्रो कुरा भनेको अर्थपूर्ण चुनाव तब हुन्छ जब हाम्रो मागहरु संविधान संशोधन गरेर पूरा गरिन्छ । त्यसो भएन भने फेरि आउने अवस्था यस्तै हो ।’

 

यस्तै, उनले प्रधानमन्त्रीलाई संविधान संशोधन गर्न नसक्ने हो भने राजीनामा दिन पनि आग्रह गरेका छन् ।

 

उनले भने, ‘आन्दोलनको मर्म बुझ्नु भएको छ, ७६ जनाको मृत्यु भएको कुरा पनि बुझ्नु भएको छ भने माग सुन्नु अहिले पनि ढिला भएको छैन् । यदि सक्नु हुदैँन्, संविधान संशोधन गर्न सक्नु हुदैँन् भने तपाई राजीनामा दिनु, तपाई घोडा टेक्नु हामी के गर्नुपर्ने हो त्यसपछि गर्छौ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार