कावा सभापति खडकालाई ट्रेड युनियन काङ्ग्रेसको ज्ञापन: निर्वाचनअघि महाधिवेशन गरौं
२०८२ कार्तिक २५ मङ्गलवार
- गत २१ र २२ गते सम्पन्न केन्द्रिय समितिको बैठकले गरेका १३ बुँदे निर्णयहरु मंगलबार नेपाली कांगे्रसका कार्यवाहक सभापति पुर्ण बहादुर खडकालाई बुझाउँदै निर्वाचनअघि महाधिवेशनमा जोड दिएको हो ।
काठमाडौं : नेपाल ट्रेड युनियन काङ्ग्रेसले आगामी निर्वाचन अघि नै नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ ।
गत २१ र २२ गते सम्पन्न केन्द्रिय समितिको बैठकले गरेका १३ बुँदे निर्णयहरु मंगलबार नेपाली कांगे्रसका कार्यवाहक सभापति पुर्ण बहादुर खडकालाई बुझाउँदै निर्वाचनअघि महाधिवेशनमा जोड दिएको हो ।
कावा सभापति खड्कालाई ज्ञापन पत्र बुझाउँदै टे«ड युनियन कांगे्रसले फागुन २१ गतेको घोषित आम निर्वाचनमा सबै सहभागी हुनुपर्ने, कांगे्रसले ताजा नीति तथा नेतृत्वसहित आम निर्वाचनमा जानुपर्ने, स्वदेश तथा विदेशमा रहनु भएका श्रमिकहरुलाई कार्यस्थलबाट नै मतदानको व्यवस्था गर्नुपर्नेलगायतका मागहरु अघि सारेको छ ।
त्यस्तै जेनजी आन्दोलन पश्चातको उद्योग कलकारखाना , पर्यटन क्षेत्रका प्रतिष्ठानहरुमा देखिएको समस्यालाई सरकारले तथा राजीतिक दलहरुले गम्भीरता का साथ लिनुपर्ने लगायतका बैठकले निर्णय गरेका १३ बुँदे मुद्दाहरु कावा सभापतिलाई कार्यान्वयनका लागि महासंघका तर्फबाट बुझाइएको अध्यक्ष योगेन्द्र कँुवरले बताए ।
ज्ञापन पत्र बुझदै कावा सभापति खडकाले महासंघले उठाएका मुद्दाहरुप्रति कांगे्रसले सकारात्मक तवरले लिनेछ र विचमा चाडवाडको विदाहरुले बैठक सम्पन्न हुन ढिलाइ भएकाले अब चाडै नै कांगे्रस एउटा निष्कर्षमा पुग्ने जानकारी दिए ।
सो क्रममा अध्यक्ष कुँवरले हामी अहिलेको राजनीतिक अवस्थाप्रति अत्यन्तै गम्भीर रहेको बताए ।उनले भने,‘हामी अहिलेको राजनीतिक अवस्थाप्रति अत्यन्तै गम्भीर छौं । बेरोजगारीहरुको संख्या बढेको छ । उद्योग कलकारखाना बन्दको अवस्थामा पुगेको छ । पुँजी पलायन हुने खतरा बढेको छ अत कांगे्रस एक पूरानो तथा लोकतान्त्रिक दल भएकाले सबै समस्याहरुको निक्र्यौल बैठकबाट चाडो हुनुपर्दछ भन्नेमा छौं,’ अध्यक्ष कुवरले भने
टे«ड युनियन कांगे्रसमा चार लाख सदस्य छन् साथै विभिन्न पेशाकर्मीहरु रहेको २७ वटा श्रमिक संगठन सदस्यका रुपमा रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ग्यास अभाव बारे प्रधानमन्त्री कार्यालयमा छलफल
-
अमरेशको सरकारलाई प्रश्न- मधेसका घटनामा लाठीभन्दा पहिला गोली किन चल्छ ?
-
सुनसरी घटनाको छानबिन गर्न न्यायिक समिति गठन गर्न एमालेको माग
-
एक लाख घुससहित नुवाकोटम्यागङ गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ
-
काँग्रेसले आन्दोलनरत पक्षसँग सरकारले गरेको सहमतिमा उठायो प्रश्न
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।