निजी क्षेत्रको पुनर्निर्माणमा ५० प्रतिशत बीमा अग्रिम लागू
२०८२ कार्तिक २५ मङ्गलवार
- मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले आफ्नो सम्पतीको पूर्न निमार्ण सुरु गरिसकेको जानकारी गराएका हुन् ।
काठमाडौं :अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रहरु बीमा कम्पनीहरुबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पूर्न निमार्ण गर्ने काम प्रारम्भ गरिरहेको जानकारी गराएका छन् ।
मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले आफ्नो सम्पतीको पूर्न निमार्ण सुरु गरिसकेको जानकारी गराएका हुन् ।
उनले भने, ‘हामीले विजनेस रिकभरी प्लानमा भनेका थियौ, बीमा कम्पनीहरुले पूर्ण मूल्यांकन हुनुभन्दा अगाडी नै अनुमान गरिएको रकमको ५० प्रतिशत अग्रिम दिनुपर्छ । ताकी व्यवसायीहरुले त्यो अग्रिम भुक्तानी लिएर पूर्न निमार्ण गर्ने काम प्रारम्भ गरौ भनेर त्यो गरेको त्ये अहिले कार्यान्वयनमा छ । अहिले ठाउँ ठाउँमा निजी क्षेत्रले आफ्नो सम्पतीको पूर्न निमार्ण सुरु गरिसकेका छन्।’
उनले बीमा कम्पनीहरुबाट २ अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको र त्यसबाट कतिपय व्यवसायिहरुले व्यवसायिक काम नै प्रारम्भ गरेको बताए ।
‘बीमा कम्पनीहरुबाट करिब २७ अर्बको निजी क्षेत्रको क्षेति भएको अनुमान बीमा कम्पनीहरुमा प्रस्तुत भएको छ । जसमध्येमा साढे ३ अर्ब जतिको सर्भिवरले मूल्यांकन गरिसकेको छ । साढे ३ अर्बमा पनि २ अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको छन्,’ उनले भने, ‘कतिपयको त काम व्यवसायिक काम नै प्रारम्भ गरेका छन् । चन्द्रागिरीले पनि दुई दिन अगाडी घोषणा नै गरेको थियो । भाटभटेनीको दुई तीन वटा स्टोरहरु अव दुई महिनामा खोल्ने भन्नुभएको छ।’
यस्तै उनले व्यसायीहरुको लागि राष्ट्र बैंकले थप कर्जा लिनु परेमा थप कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरेको समेत बताए ।
आज बसेको बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्ड, राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहलहरु सम्बन्धमा छलफल भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
निर्मल पुर्जासहित चार आरोहीको शव आधार शिविरमा ल्याइयो
-
अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई संसदीय समितिको निर्देशन
-
ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन
-
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसी र सचिवमा श्रेष्ठ नियुक्त
-
तथ्याङ्क नियमावली स्वीकृत, के के भयो परिवर्तन ?
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।