उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको कार्यभार

२०८२ कार्तिक १७ सोमवार
सारांश
  • आफु आजै कतारको चार दिने भ्रमणका लागि त्यस तर्फ प्रस्थान गरेकाले उनले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्‍ट्रपतिबाट सम्पादन गरिनेगरी तोकेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ ।

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई  कार्यभार दिएका छन् ।

 

आफु आजै कतारको चार दिने भ्रमणका लागि त्यस तर्फ प्रस्थान गरेकाले उनले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्‍ट्रपतिबाट सम्पादन गरिनेगरी तोकेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ । 

 

राष्ट्रपति कार्यालयले भनेको छ: 

सम्माननीय राष्‍ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्वत् २०८२ साल कात्तिक १७ गते देखि २० गते सम्म आयोजना हुने दोस्रो विश्व समिट फर सोसियल डेभलपमेन्ट विषयक कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्वत् २०८२ साल कात्तिक १७ गते (तदनुसार ०३ नोभेम्बर, २०२५) सोमबारका दिन त्यसतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्‍ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्‍ट्रपतिबाट सम्पादन गरिनेगरी तोक्नु भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार