काठमाडौँमा पाँच मुख्य क्षेत्रमा थप दुई महिना प्रदर्शन गर्न प्रतिबन्ध
२०८२ कार्तिक ०१ शनिवार
- जिल्ला प्रशासन कार्यालय आज शनिबारबाट लागू हुनेगरी विभिन्न पाँच क्षेत्रमा विरोधका कार्यक्रम गर्न निषेध गरको हो । रोक लगाइएका पाँच क्षेत्रमा शीतलनिवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार, नारायणहिटी दरबार संग्रहालय लगायतका क्षेत्र रहेका छन् ।
काठमाडौं : काठमाडौंका मुख्य पाँच क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शनलगायतका विरोधका कार्यक्रम गर्नका लागि थप दुई महिनाको प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय आज शनिबारबाट लागू हुनेगरी विभिन्न पाँच क्षेत्रमा विरोधका कार्यक्रम गर्न निषेध गरको हो । रोक लगाइएका पाँच क्षेत्रमा शीतलनिवास, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार, नारायणहिटी दरबार संग्रहालय लगायतका क्षेत्र रहेका छन् ।
जिल्ला प्रशासन कार्यलयले भनेको छ:
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यकमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड,भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने अवस्था तथा अन्तर्राष्ट्रिय अभ्यास र यस अघि सम्मानित अदालतबाट भएको आदेश एवम् फैसला समेतलाई मध्यनजर गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम विगतदेखिकै निरन्तरताको रुपमा देहायको क्षेत्रमा मिति २०८२/०७/०१ गतेदेखि लागु हुने गरी २ (दुई) महिनासम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ ।
साथै देहायका निषेध आदेश जारी गरिएका क्षेत्र बाहेकका स्थानमा नेपालको संविधान बमोजिम प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता एवम् बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला जम्मा भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने हक रहेको प्रति स्थानीय प्रशासन सदैव प्रतिवद्ध रहेको छ । संविधान एवं प्रचलित कानून प्रदत्त अधिकारको प्रयोग हुने गरी यस कार्याललाई कार्यक्रम गर्नका लागि पूर्व जानकारी गराई गरिने विरोधका कार्यक्रमबाट पनि यदि सरकारी, सार्वजनिक एवम् व्यक्तिगत सम्पत्तिमा हानी नोक्सानी र क्षति भएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा सार्वजनिक प्रदर्शन, हडताल, तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकन सम्बन्धी कार्यविधि, २०८१ बमोजिम क्षतिको मूल्यांकन गरी आयोजकबाट नै त्यस्तो क्षतिपूर्ति वापतको रकम असुल उपर गराइने व्यहोरा समेत सम्बन्धित सबैमा स्मरण गराइएको छ।
निषेध गरिएका क्षेत्र:
१- शितल निवास (राष्ट्रपति कार्यालय) महाराजगंज क्षेत्रः
- उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, → पूर्व दक्षिणतर्फ सामाखुशी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म, → दक्षिण पश्चिमतर्क सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म।
२- हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रः
- केशरमहल चोकदेखि लैनचौर मोड हुदै मल्ल होटलको सिमानासम्म।
३- नारायणहिटी दरवार संग्रहालय क्षेत्रः
- केशरमहल चोकदेखी नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म,
- नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटदेखी महेन्द्र सालिकसम्म ।
४- सिंहदरबार क्षेत्रः
- भद्रकाली मन्दिर (तिनकुने आइल्याड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरवार मूल गेटसम्म,
- सिंहदरवार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मा.वि.को मोडसम्म,
- पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म,
- सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म, → पुरातत्व विभागको चोकदेखि सिंहदरवार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म,
- जिल्ला अदालतको पूर्वी मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म ।
५- प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रः
- बालुवाटार पवित्र बर्कशप चोकदेखि नेपाल राष्ट्रबैंक हुँदै इटालिया चोक, चिनियाँ दुतावास हुदै भाटभटेनी तर्फको लक्ष्मी बैंक अगाडी ढुंगेधारा सम्म,
- इटालिया चोकदेखि पश्चिमतर्फ राष्ट्रिय सभा अध्यक्षको निवाससम्म र सो निवासदेखि गैह्रीधारा जाने सडकतर्फ १०० मिटरसम्म,
- प्रधानमन्त्री निवासको उत्तरपूर्वी मोडदेखि प्रधान न्यायाधीश निवासको मोडसम्म र सो मोडदेखि पश्चिमतर्फ १०० मिटरसम्म,
- प्रधान न्यायाधीश निवासको मोडदेखि पूर्व दक्षिणतर्फ राष्ट्रिय सभा अध्यक्षको निवासको मोडसम्म, → राष्ट्रबैंक चोकदेखि पूर्वतर्फ जाने सडकको १०० मिटरसम्म।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।