मुलुकको प्रधानमन्त्री नियुक्त हुँदापनि सुनसान छ कार्की निवास
२०८२ भाद्र २८ शनिवार
- सुरक्षाकर्मीको उपस्थिति भएपनि सर्वसाधारण उत्साह र खुशीयाली मनाउन जम्मा भएका छैनन् । निरन्तरको कफ्र्यू र निषेधाज्ञाका कारण मानिसहरु घर बाहिर निर्धक्क निस्कन सकेका छैनन् ।
काठमाडौं : नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको धापासीस्थित निजी निवास क्षेत्र सुनसानप्राय छ । प्रधानमन्त्रीका रुपमा शपथ खाएको भोलिपल्ट निवास क्षेत्रमा कुनै चहलपहल छैन् ।
सुरक्षाकर्मीको उपस्थिति भएपनि सर्वसाधारण उत्साह र खुशीयाली मनाउन जम्मा भएका छैनन् । निरन्तरको कफ्र्यू र निषेधाज्ञाका कारण मानिसहरु घर बाहिर निर्धक्क निस्कन सकेका छैनन् ।
विराटनगरको शंखपुरमा जन्मिए पनि टोखा नगरपालिका धापासीमा बस्दै आएकी कार्कीलाई जेनजी पुस्ताको आन्दोलनपछि केपी ओली सरकार विस्थापित गरेर अन्तरिम सरकारको नेतृत्वमा ल्याइएको हो । मुलुकको प्रधानमन्त्री बनेपछि निजी निवास क्षेत्र र जन्म गाउँमा खुशीयाली मनाउने चलन छ । तर कार्की निवासमा चहलपहल छैन् ।
काठमाडौं उपत्यकामा कफ्र्यू तथा निषेधाज्ञा हटाईए पनि प्रधानमन्त्री निवास क्षेत्रमा भने सुरक्षा व्यवस्थालाई लक्षित गरी सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
नवनियुक्त कार्की नेपालको ४२ औं प्रधानमन्त्री हुन् भने पहिलो महिला प्रधानमन्त्री हुन् । उनी नेपालको संविधानबमोजिम राष्ट्रपतिले अन्तर्निहित संवैधानिक अधिकार प्रयोग गरी अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।