एमालेसँगको सहमतिको औचित्य सकियो, सभापतिले मन्त्री फिर्ता नबोलाए कदम चाल्छौं
२०८२ भाद्र २४ मङ्गलवार
- सभापति देउवाले यो आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चालेर निर्णय लिन बाध्य हुने चेतावनी समेत दिएका छन् ।
काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गर्दै पार्टी सभापति देउवालाई सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउन आग्रह गरेका छन् ।
उनीहरुले सभापति देउवाले यो आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चालेर निर्णय लिन बाध्य हुने चेतावनी समेत दिएका छन् ।
उनीहरुले जेनजी पुस्ताका न्यायोचित माग पुरा गर्न जोड गरिरहेको बताउदै आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन आग्रह गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।