प्रधानमन्त्री ओलीले बोलाए सर्बदलीय बैठक

२०८२ भाद्र २४ मङ्गलवार
सारांश
  • उनले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेको जानकारी दिदै उत्पन्न विषम परिस्थितिमा संयम रहन आग्रह गरेका छन् ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएका छन् ।

 

मंगलबार एक विज्ञप्ति जारी गर्दै हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी रहेको बताउदै उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको उल्लेख गरेका छन् । साथै उनले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेको जानकारी दिदै उत्पन्न विषम परिस्थितिमा संयम रहन आग्रह गरेका छन् ।

 

उनले भनेका छन्-

हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी छु । कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो । उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको छ । त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान समेत गरेको छु । सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई यो विषम परिपिस्थतिमा संयम रहन विनम्र अनुरोध गर्दछु ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार