संसद भवन निर्माणमा केही गल्तीहरु भएका छन्, अब सुधार गर्छौं : मन्त्री सिंह
- शुक्रबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठकमा उनले यो प्रोजेक्टमा राष्ट्रिय स्तरबाट सबैको ध्यान गएपनि समयमा सम्पन्न नभएको भन्दै अब विगतको गल्तीहरुलाई सुधार गर्दै अगाडि बढ्नेतिर जोड दिनुपर्ने बताए ।
काठमाडौं : उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवनको प्रोजेक्टलाई अब विगतको गल्तीहरुलाई सुधार गर्दै अगाडि बढ्ने बताएका छन् ।
शुक्रबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठकमा उनले यो प्रोजेक्टमा राष्ट्रिय स्तरबाट सबैको ध्यान गएपनि समयमा सम्पन्न नभएको भन्दै अब विगतको गल्तीहरुलाई सुधार गर्दै अगाडि बढ्नेतिर जोड दिनुपर्ने बताए ।
उनले भने, ‘संसद भवन निर्माणको प्रोजेक्टको काम समयमा हुन सकेको छैन् भन्ने कुरा तथ्य हो । तर मंैले यो मन्त्रालयको जिम्मेवारी पाएपछि यो कामको लागि मन्त्रालयदेखि लिएर इन्जिनियर, डिजी, सचिव सबैलाई पटक पटक के गर्दा राम्रो हुन्छ भन्ने खालको छलफलहरु गरिरहेका छौं । समयमा सम्पन्न नभएकाले अब विगतको गल्तीहरुलाई सुधार गर्दै अगाडि बढ्नेतिर जोड दिनुपर्छ ।’
यस्तै, शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले पनि संसद भवनको काम तिव्र गर्नको लागि कन्ट्याक्टरहरुसँग नियमित अनुगमन गर्ने र दैनिक छलफल गर्ने काम गरिरहेको बताए ।
बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।