आईजीपी हटाइएको विषयमा ज्ञानेन्द्र शाहीले भने- राज्यसत्ताको चरम दुरुपयोग भयो
१८ कार्तिक, २०८३
- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) लाई पदबाट हटाइएको विषयमा आपत्ति जनाएका छन् ।
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) लाई पदबाट हटाइएको विषयमा आपत्ति जनाएका छन् । उनले आईजीपीले अपराध गरेको भए कानुनअनुसार कारबाही गरेर जेल हाल्नुपर्ने बताएका छन् ।
शाहीले भनेका छन्-‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो।’
उनले आईजीपीले कुनै गल्ती नगरेको र कानुनविपरीत काम नगरेको अवस्थामा व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरेका छन् । यस्तो कदमलाई उनले भ्रष्ट आचरणको संज्ञासमेत दिएका छन् ।
उनले भनेका छन्- 'यदि आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो । भ्रष्ट आचरण हो ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
-
नवनियुक्त आइजिपी मनोज केसी गृह मन्त्रालयमा, आजै पदभार सम्हाल्न आग्रह
-
नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब ४३ करोडको कारोबार
-
कार्कीलाई कारवाही नगरी जिम्मेवारी मात्र हेरफेर गरिएको हो- प्रवक्ता पोखरेल
-
आईजीपी हटाइएको विषयमा ज्ञानेन्द्र शाहीले भने- राज्यसत्ताको चरम दुरुपयोग भयो
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।