रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार
१९ श्रावण, २०८२, सोमवार
- प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद आसिफ शाह र र राप्रपाका सांसद ध्रुबबहादुर प्रधानले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।
काठमाडौँ, १९ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद आसिफ शाह र र राप्रपाका सांसद ध्रुबबहादुर प्रधानले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।
सांसद शाहले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए । त्यस्तै राप्रपा सांसद प्रधानले आफुहरु सहयोग गर्न तयार रहेको बताउदै प्रधानमन्त्रीले राप्रपा र रास्वपा बारे गरेको टिप्पणी आपत्तिजनक भएको बताएका थिए ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’