जनार्दनको आरोप: प्रचण्डका कारण संघीयताको स्वामित्व लिन सकेनौं, २०६४ को जनमत गुमायौं

२०८२ साउन १८ गते आइतवार
सारांश
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आइतबार बोल्दै प्रचण्डले संघीयताको स्वामित्व लिन नसकेको र पहिचानको मुद्दा छोडेको आरोप लगाउदै वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकताका कारण पार्टीलाई ठुलो नोक्सान भएको बताएका छन् ।

काठमाडौं : माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयताको स्वामित्व लिन नसकेको र पहिचानको मुद्दा छोडेको आरोप लगाएका छन् । 

 

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आइतबार बोल्दै प्रचण्डले संघीयताको स्वामित्व लिन नसकेको र पहिचानको मुद्दा छोडेको आरोप लगाउदै वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकताका कारण पार्टीलाई ठुलो नोक्सान भएको बताएका छन् ।

 

शर्माले प्रचण्डकै कारणले २०६४ सालमा प्राप्त गरेको जनमत गुमेको भन्दै त्यो कसरी फिर्ता गर्ने भन्दै प्रश्न समेत गरेका थिए । बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार उपमहासचिव शर्माले आफू आत्मालोचना गर्न तयार रहेको तर पार्टीको अहिलेको अवस्थाका लागि जिम्मेवारी लिन प्रचण्ड पनि तयार हुनुपर्ने बताएका थिए ।

 

शुक्रबारदेखि सुरू भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डले शर्माले सार्बजनिक मन्चमा पार्टीको विषय बोलेको भन्दै आत्मालोचना गर्न र पार्टीका बैठकमा धारणा राख्न पनि सुझाव दिएका थिए । प्रचण्डले बैठकमा भनेका थिए- 'जनार्दनजीले बाहिर बोल्नु राम्रो हुँदैन, पार्टीको विधि र पद्धतिभित्र रहनुपर्छ  । पार्टीभित्र नेतृत्वको विरोध गर्न पाइन्छ । महाधिवेशन गरौं, केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राखौं । अन्य कमरेडले पनि आफ्नो कुरा पार्टीभित्रै राखौं ।’ 

 

माओवादी केन्द्रभित्र पछिल्ला दिनहरूमा जारी बहसले आन्तरिक विवाद  सतहमा आएको छ । अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच चलेको विवादले आन्तरिक विवादलाई सतहमा ल्याएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार