‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

२०८२ असार २३ सोमवार
सारांश
  • सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौंलाले सरकार गठनमा दुई ठूला दलबीच गहिरो सहमति रहेको बताए ।

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको सरकार कांग्रेस र एमालेबीचको बलियो समझदारीको आधारमा बनेको स्पष्ट पारेका छन् ।


सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौंलाले सरकार गठनमा दुई ठूला दलबीच गहिरो सहमति रहेको बताए ।


उनले भने,‘अहिलेको सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीचको मजबुत समझदारीका आधारमा बनेको हो । कोही छोड्ने, कोही आउने भन्ने त स्वाभाविक राजनीतिक प्रक्रिया नै हो ।’


उनले सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीचको सहकार्य निर्णायक भएको बताए । बर्तौंलाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सामान्य प्रक्रियाको रुपमा लिँदै सरकार स्थिर रहने विश्वास व्यक्त गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार