कंग्रेसबाट पारित भयो ट्रम्पको कर र खर्च कटौती गर्ने विधेयक
२०८२ असार २० शुक्रवार
- अमेरिकाको क्यापिटल हिलमा लामो र कठिन संसद् सत्रपछि तल्लो सदनले बिहीबार २१८–२१४ को मतले विधेयक पारित गरेको हो ।
काठमाडौं : अमेरिकी तल्लो सदन कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर र खर्च गर्ने विधेयक पारित गरेको छ । अमेरिकाको क्यापिटल हिलमा लामो र कठिन संसद् सत्रपछि तल्लो सदनले बिहीबार २१८–२१४ को मतले विधेयक पारित गरेको हो ।
यसअघि माथिल्लो सदन सिनेटले मंगलबार एक मतको अन्तरले यो विधेयक अनुमोदन गरेको थियो ।
ट्रम्पले रिपब्लिकन नियन्त्रित कंग्रेसलाई ४ जुलाईसम्म अन्तिम संशोधित विधेयकमा हस्ताक्षरका लागि पठाउन समयसीमा दिएका थिए ।
यो विधेयकले आगामी १० वर्षमा संघीय घाटामा ३.३ ट्रिलियन डलर थप्न सक्ने र लाखौँ मानिसहरूलाई स्वास्थ्य बीमाबाट वञ्चित गर्ने संसदीय बजेट कार्यालयले प्रक्षेपण गरेको छ । तर, यसलाई ह्वाइट हाउसले अस्वीकार गरेको छ ।
बिहीबार साँझ पत्रकारहरूसँग ट्रम्पले यो विधेयकले देशलाई ‘रकेट जहाज’मा परिणत गर्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’