मैले कुनै किसिमले गलत रहेको छु भन्ने आधार र प्रमाण छैन: माधव नेपाल
२०८२ असार १८ बुधवार
- पतञ्जली संस्थाले देशमा दर्जनभन्दा बढी अस्पताल खोलेर सेवामूलक काम गरिरहेकाले सो संस्थाको नाममा कहिकतैले कसैले गलत कार्य नगरेको दाबी अध्यक्ष नेपालले गरे ।
जनकपुर: नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफूले कुनै किसिमको गलत गरेको आधार र प्रमाण नरहेको दाबी गरेका छन् ।
जनकपुरधाममा मंगलबार नेकपा एकीकृत समाजवादी धनुषाको सातौँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले पतञ्जली जग्गा प्रकरण बारेमा कही कतै र कुनै पनि किसिमले संलग्न नरहेकाले आफू जहिले पनि नबिराउनु र नडराउनु भन्ने पक्षमा रहेर काम गर्ने व्यक्ति भएकाले सत्यको विजय हुने विषयमा आफू पूर्व विश्वस्त रहेको बताए ।
अध्यक्ष नेपालले भने, ‘मैले गल्ती गरेको छु भने मेरो शिर निहुरिने छ, देश र जनताको सेवा र समाजमा रहेको विकृति विसंगति राजनीतिमा रहेको विकृति विसंगतिको अन्त्यका लागि अब सधैँ लागि रहने र मलाई अदालतमाथि विश्वास छ ।’
अदालत न्यायको पक्षमा खडा हुने भन्दै उनले प्रत्येक वकिललाई धन्यवाद दिए । अध्यक्ष नेपालले भने, ‘अदालत न्यायको पक्षमा खडा हुन्छ, मलाई साथ र सहयोग गर्नु हुने सबै अधिवक्तालाई म धन्यवाद दिन चाहन्छु । हरेक पार्टीका अधिवक्ताले आफूलाई साथ र सहयोग गरेको छ ।’
अध्यक्ष नेपालले भने, ‘मेरो बारेमा कुनै पनि किसिमको गलत रहेको छु भनि आधार र प्रमाण छैन, कुनै कानुनी आधार छैन, संवैधानिक आधार पनि छैन । योग गर्ने राम्रो संस्था छ । सामूहिक निर्णय अनुसार योग संस्थालाई जग्गा बिक्री गरिएको हो । एक टुक्रामा पनि कानुन विपरीत कार्य भएको छैन ।
जग्गासम्बन्धी सम्पूर्ण कारबाही प्रक्रिया पुर्याएर पतञ्जली संस्था आफैले काम गरेको छ ।’ उनले आफूलाई विना आधार र विना प्रमाण तथा संवैधानिक आधार विना नै आफूमाथि लाञ्छना लगाइएको दाबी गरे । पतञ्जली संस्थाले देशमा दर्जनभन्दा बढी अस्पताल खोलेर सेवामूलक काम गरिरहेकाले सो संस्थाको नाममा कहिकतैले कसैले गलत कार्य नगरेको दाबी अध्यक्ष नेपालले गरे ।
अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रियावादी एवं पुँजीवादी चिन्तनका कारणले सिंगो कम्युनिष्ट पार्टी नै बदनाम भएकाले यसलाई चिर्नका लागि पनि जनताको पक्षमा काम गर्न आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’