वाम लोकतान्त्रिक शक्तिहरुकै कारण देशमा ठूला आन्दोलनहरू सफल भएका छनः मन्त्री पाण्डे
२०८२ असार ०४ बुधवार
- बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८१’ समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले देशको ऐतिहासिक आन्दोलनहरूमा वाम लोकतान्त्रिक शक्तिको योगदान निर्णायक रहेको बताए ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकमा भएका ठूला राजनीतिक परिवर्तनहरू वाम लोकतान्त्रिक शक्तिहरूको सहकार्यकै कारण सफल भएको बताएका छन् ।
बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८१’ समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले देशको ऐतिहासिक आन्दोलनहरूमा वाम लोकतान्त्रिक शक्तिको योगदान निर्णायक रहेको बताए ।
उनले भने, ‘पुष्पलालले देखाएको बाटो वास्तवमै सार्थक छ । वाम र लोकतन्त्र फरक धारका राजनीति भए पनि पुष्पलाल र बीपी कोइरालाबीच गहिरो सम्बन्ध थियो । बीपी भन्नुहुन्थ्यो, म राजनीतिक कार्यक्रम लेख्छु, तपाईं आर्थिक कार्यक्रम लेख्नुहोस् भनेर । यस्ता कुराहरू पढ्न पाइन्छ ।’
उनले पुष्पलालको योगदानलाई आजको पुस्ताले बुझ्न आवश्यक रहेको भन्दै पुष्पलाललाई सीमित व्यक्तिले मात्र चिन्ने अवस्था अन्त्य गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘पुष्पलाल राष्ट्रिय पुरस्कार निरन्तर सञ्चालन हुन्छ । यो विचारको निरन्तरता हो ।’
उनले २०६२÷०६३ को जनआन्दोलनदेखि संविधान सभामार्फत संविधान जारी हुनुमा वाम र लोकतान्त्रिक शक्तिहरूको सहकार्यले नै सफलता दिलाएको दाबी गरे ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट विभिन्न विधामा योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कार प्रदान गरिएको थियो । राजनीतिक सैद्धान्तिक विधामा अर्घाखाँचीकी शान्ता मानवी, इतिहास विधामा मोरङका डा. मेदनप्रसाद सेढाइँ, तथा जनकी–उदयपुरका राममणी पोखरेललाई पुरस्कार प्रदान गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।