राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली
२०८२ असार ०१ आईतवार
- आइतबार काठमाडौंमा आयोजित लोक सेवा आयोगको ७५ औं वार्षिकोत्सव समारोहमा उनले मुलुक सञ्चालनका लागि छनोट हुने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनुपर्ने भन्दै राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर रहने बताए ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित लोक सेवा आयोगको ७५ औं वार्षिकोत्सव समारोहमा उनले मुलुक सञ्चालनका लागि छनोट हुने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनुपर्ने भन्दै राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर रहने बताए ।
उनले भने, ‘कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको लागि समिपमा रहेर काम गर्ने संयन्त्र हो । कुनैपनि मुलुकको सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहन्छ । तसर्थ मुलुक सञ्चालनका लागि छनोट गरिने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनु अर्को एउटा महत्वपूर्ण आवश्यकता हो । यो बाहेक देशको राष्ट्रिय हितको जगेर्ना गर्ने पनि हो ।’
यस्तै, उनले अहिले थुप्रै निकायहरुमाथि जनविश्वास कम हुदैँ गएको अवस्थमा पनि लोक सेवा आयोगमाथिको जनविश्वास अझै प्रबल रहेको भन्दै राज्य सञ्चालनमा आयोगको कार्यक्षेत्र, भूमिका र दायित्व निकै महत्वपूर्ण रहेको बताए ।
उनले आयोगमा लामो समयसम्म कार्यरत रहेर सम्मानित भएका पूर्व कर्मचारी, उत्कृष्ट कार्यकारी पुरस्कृत कर्मचारीहरुलाई बधाई पनि दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।