संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य हुन्छ : सचेतक बर्ताैला
२०८२ जेठ २३ शुक्रवार
- शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदलाई पेलेरै अघि बढाउने पक्षमा आफूहरू नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहको बताए ।
काठमाडौं : नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयास भै रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदलाई पेलेरै अघि बढाउने पक्षमा आफूहरू नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहको बताए ।
भिजिट भिसा प्रकरणमा दलहरूबिच संवाद जारी रहेकाकारण सहमति नै शुक्रबार सूचना टाँस गरी सदन स्थगित गरिएको उनले बताए । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने विपक्षीको मागका विषयमा बर्तौलाले कुनैपनि संवैधानिक निकायलाई कमजोर बनाउने काम गर्न नहुने धारणा राखे । राज्यका संवैधानिक निकायहरूमाथि अविश्वास गर्न थाले उनीहरू कमजोर हुँदै जाने उनको भनाइ छ ।
उनले संवैधानिक निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न सक्न वातावरण बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले दलहरूबिच भएका छलफलहरू सकारात्मक ढङ्गले अघि बढेकाले आइतबारको सदन बैठक अवरुद्ध नहुने विश्वास व्यक्त गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।