- सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २५ करोड बराबरको अवैध रकम समाएको घटनामा ड्राइभर र लोडरलाई मात्र समात्ने, धनीलाई नसमाउने भन्दै त्यसमा को–को संलग्न छन् सदनलाई जानकारी गराउन अनुरोध गरेका हुन् ।
काठमाडौं : नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले केही समय अगाडि सरकारले बरामद गरेको २५ करोड अवैध रकममा को–को संलग्न छन् भन्नेबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २५ करोड बराबरको अवैध रकम समाएको घटनामा ड्राइभर र लोडरलाई मात्र समात्ने, धनीलाई नसमाउने भन्दै त्यसमा को–को संलग्न छन् सदनलाई जानकारी गराउन अनुरोध गरेका हुन् ।
उनले भने, ‘केही समय अगाडि सरकारले टोखाबाट २५ करोड बराबरको अवैध रकम समाउने काम गरेका थियो । त्यसमा एउटा ड्राइभर र व्यापारीलाई समात्यो थुन्यो, त्यसमा मुख्य मान्छे को हो, त्यसको संरक्षण कसले गरेको छ भनेर सरकारले अहिलेसम्म पत्ता लगाउन सकेको छैन् । सँधै ड्राइभर र लोडरलाई समात्ने, धनीलाई नसमाउने, त्यसको पहुँच कहाँ कहाँ छ र त्यसमा को–को संलग्न छन् । त्यो बारेमा सदनलाई जानकारी गराउन अनुरोध गर्न चहान्छु ।’
यस्तै, उनले श्रम मन्त्रालयका सल्लाहकार भन्नेहरुले चार रोपनी जग्गा लिएर महिला कामदारलाई हाउसमेडको रुपमा पठाउन ठूलो रकम लिएको र तालिम दिने काम सुरु गरेको भन्दै कानून नबनाइ यस्ता काम नगर्न आग्रह गरेका छन् ।
उनले भने, ‘भिजिट भिसाबाट धेरै महिलाहरु दुबई हुँदै कुबेत र साउदी अरब पुगेका छन् । केही समयका श्रम मन्त्रालयका सल्लाहकार भन्नेहरुले लुभुमा चार रोपनी जग्गा लिएर महिला कामदारलाई हाउसमेडको रुपमा पठाउन ठूलो रकम लिएको र तालिम दिने काम गरेका छन् । कानून नबनाई यस्ता काम नगरियोस ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’