सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन
२०८२ बैशाख १२ शुक्रबार
- शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाईको शक्तिशाली भनेको सरकारले केही पनि नदेखेको बताएका हुन् ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले तीन सातादेखि शिक्षकहरु आफ्ना आवाज सडकमा उठाइरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाईको शक्तिशाली भनेको सरकारले केही पनि नदेखेको बताएका हुन् ।
उनले भने, ‘सडक आन्दोलित छ । शिक्षकहरु तीन साता भन्दा बढी समयदेखि राजधानीका सडकमा छन् । भूमीहिन मिटरव्याजी पीडितत, आवासीय चिकित्सक सबै आफ्ना आवाज सडकमा उठाइरहेका छन् । तर दुई तिहाईको शक्तिशाली भनेको सरकारले केही पनि देखेको अवस्था छैन् । उल्टै शिक्षकका मागहरु सम्बोधनका लागि सकारात्मक पहल गरेको आधारमा शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य पारिन्छ ।’
साथै उनले मुलुकमा लोडसेडिङ युगको अन्त्य गर्न भूमिका खेलेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गर्न दुई तिहाइको सरकारले शक्ति खर्च गरेको बताए । उनले मुलुकको अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, जनताका जायज आवाज र असन्तुष्टिको सम्बोधनमा सरकार कतै नलागेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’