काठमाडौंमा राप्रपाको प्रदर्शन, तीनकुने घट्नाको छानविनको माग

२०८१ चैत्र २१ विहिबार
सारांश
  • शुक्रवार राप्रपाले तीनकुने घटनाको निष्पक्ष छानविन गर्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा.धवल शमसेर राणालगायत बन्दीहरू रिहाई, मृतकहरूलाई शहीद घोषणालगायतका माग राखेर दबावमूलक प्रदर्शन गरेका हुन् ।


काठमाडौं : गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानविन र बिना कारण पक्राऊ परेकाहरुको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दबावमूलक प्रदर्शन गरेको छ । 


शुक्रवार राप्रपाले तीनकुने घटनाको निष्पक्ष छानविन गर्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा.धवल शमसेर राणालगायत बन्दीहरू रिहाई, मृतकहरूलाई शहीद घोषणालगायतका माग राखेर दबावमूलक प्रदर्शन गरेका हुन् । 


प्रदर्शनपछिको सभामा बोल्दै राप्रपाका नेता प्रकाश चन्द्र लोहनीले देशमा शुसासनका नाममा दुशासकहरु बढेको बताए । उनले सत्तामा बसेकाहरुले जनता बेचेको आरोप पनि लगाए । 


उनले भने, ‘यो राष्ट्रमा सुशासन होइन कुशासन बढेको छ । दुशासकहरु धेरै बढेका छन् । जसले गर्दा अर्बौं रुपैंयाँ नेपाली जनता ठगिएका छन् । नेपालीहरुलाई विदेशी बनाएर सत्तामा बस्नेले बेचेका छन् ।’


उनले प्रजातन्त्रको नाममा राष्ट्रको सम्पत्तिको दुरुपयोग गरिरहेको पनि बताए । 


‘प्रजातन्त्र भनेको गरिव जनताको हित गर्ने हो । त्यहाँ भुई मान्छेको हित गर्ने हो तर त्यो नभएर सिमित व्यक्तिको नाममा राष्ट्रको सम्पत्तिको दुरुपयोग भएको छ ।  प्रजातन्त्रको नाममा यसो गर्न पाइँदैन्,’ उनले भने । 


प्रदर्शन काठमाडौंको सुन्धारादेखि शान्तिबाटिकासम्म पुगेर कोणसभामा परिणत भएको थियो । 


प्रदर्शनकारीहरुले सरकारको विरोधमा नाराबाजी गर्दै झुटा मुद्दा खारेज हुनुपर्ने, राज्य आतङ्क बन्द गरिनुपर्ने, निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने, नागरिक स्वतन्त्रता कायम गर्नुपर्नेलगायतका माग गरेका छन्  ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार