सरकारलाई गरेको समर्थन फिर्ता लिने कुरा हल्ला मात्र हो: प्रवक्ता सुमन
२०८१ फागुन १९ गते सोमबार
- सोमबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकपश्चात उनले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश फिर्ता लिनको लागि पटक पटक बनेको भन्दै यो कुराले समर्थन नै फिर्ता लिने भन्ने नहुने बताए ।
काठमाडौं: जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले सरकारलाई गरेको समर्थन फिर्ता लिने भन्ने हल्ला गलत भएको बताएका छन् ।
सोमबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकपश्चात उनले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश फिर्ता लिनको लागि पटक पटक बनेको भन्दै यो कुराले समर्थन नै फिर्ता लिने भन्ने नहुने बताए ।
उनले भने, ‘यो सरकारले राम्रो काम गरेन भनेर हाम्रो प्रस्ताव नै छ । भ्रष्टाचार, वेतिथि रोक्न सकेन र देशमा केही नौलो गरेको देखिएन भन्ने प्रस्तावमा उल्लेख छ । सरकारलाई गरेको समर्थन फिर्ता लिने जस्तो कुरा भन्ने चाही होईन । हामीले एउटा स्थिर सरकारको कल्पना गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थियौं र भोलीका दिनमा पनि ओलीको सरकार सधैँ चलोस भनेर हामीले भनेका हुन्छौ । उहाँले प्रस्तुत गर्नु भएको भूमि सम्बन्धी अध्यादेश भने मान्न सकिदैँन् । यो फिर्ता लिनु भनेर पटक पटक सरकारलाई भनेका छौ तर यो हुदैँमा समर्थन फिर्ता लिने भन्ने हुदैँन् ।’
यस्तै, उनले बैठकको भोली ११ बजे बस्नेगरि स्थगित भएको भन्दै आजसम्म ५३ जना पार्टीका केन्द्रीय सदस्यहरुले लिखित प्रतिवेदन सहित आफ्नो मन्तव्य व्यक्त गरेको बताए ।
उनले भने, ‘बैठक भोली फागुन २० गते ११ बजे बस्नेगरि स्थगित भएको छ । आजसम्म ५३ जना पार्टीका केन्द्रीय सदस्यहरुले लिखित प्रतिवेदन सहित आफ्नो मन्तव्य व्यक्त गरिसक्नु भएको छ । हामीले विगत ६ महिनादेखि जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण भनेर अभियान नै चलाएका थियौं ।
त्यो अभियानमा सबै केन्द्रीय सदस्यहरु खटिनु भएको थियो, त्यही क्रममा भएका कुराहरु उहाँहरुले व्यक्त गर्नु भएको छ । केही साथिहरुले विचार व्यक्त गर्न बाँकी छ, त्यो सम्पन्न भएपछि भोली पार्टीका महासचिवले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव बारे निर्णय गर्ने छौ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारको पाँच महिनाको काम हेर्दा जनतामा पश्चाताप शुरु भयो- विप्लव
-
कांग्रेसको नीति प्रतिष्ठानमा थप ६ उपसमिति गठन
-
लगानी बोर्डको सीईओमा विकास अर्थशास्त्री यांकी उक्याब नियुक्त
-
झण्डै ५ अंक बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
-
पार्टीको निर्देशनबिना सत्ता केन्द्रित गतिविधिमा संलग्न नहुन प्रदेश सांसदलाई राप्रपाको निर्देशन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।