सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड उत्कृष्ट करदाताका रूपमा सम्मानित

८ मार्ग, २०८३
सारांश
  • सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी ‘सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रा.लि.’ आन्तरिक राजस्व कार्यालय, बालाजुको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ ।

काठमाण्डौ, ०८ मङ्सिर । सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी ‘सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रा.लि.’ आन्तरिक राजस्व कार्यालय, बालाजुको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ ।

 

राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आयोजित एक विशेष समारोहका बीच कम्पनीलाई कदरपत्रसहित सम्मान गरिएको हो । आर्थिक वर्ष २०८१/०८२ मा सर्वाधिक आयकर दाखिला गरी राज्यको राजस्व संकलन तथा समग्र आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएबापत कम्पनीले यो सम्मान प्राप्त गरेको हो ।

 

राज्यको कर नीति तथा प्रचलित कानुनको पूर्ण पालना गर्दै पारदर्शी व्यावसायिक अभ्यासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउन पाउनु आफ्ना लागि गौरवको विषय भएको कम्पनीले जनाएको छ । यो सम्मानले आगामी दिनमा अझ बढी उत्तरदायी र पारदर्शी बन्दै लगानी तथा वित्तीय सेवा विस्तार गर्न थप ऊर्जा र प्रेरणा मिलेको कम्पनीको विश्वास छ ।

 

यसैबीच, सिटी एक्सप्रेस ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले यस सम्मानप्रति गर्व महसुस भएको प्रतिक्रिया दिएका छन् । उनले कर प्रणालीमा इमान्दारी, व्यवसायमा पारदर्शिता र राष्ट्र निर्माणप्रतिको प्रतिबद्धतामा कम्पनी सधैँ अडिग रहने स्पष्ट पारेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार