काठमाडौँ गोर्खाजले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्दै

१६ कार्तिक, २०८३
सारांश
  • कर्णाली याक्सले प्रतियोगितामा शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ ।

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ ।

 

टियु क्रिकेट मैदानमा साढे १२ बजेदेखि हुने यस खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि कर्णाली याक्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

 

कर्णाली याक्सले प्रतियोगितामा शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ । 

 

कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

 

 त्यस्तै काठमाडौँ गोर्खाजले आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो । काठमाडौँ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार