- दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत चलचित्र ‘जेलर २’ ले प्रदर्शनको पहिलो आठ दिनमा विश्वभरबाट ६०६ करोड भारु कमाइ गरेको छ ।
काठमाडौं : दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत चलचित्र ‘जेलर २’ ले प्रदर्शनको पहिलो आठ दिनमा विश्वभरबाट ६०६ करोड भारु कमाइ गरेको छ ।
यससँगै चलचित्रले तमिल चलचित्र इतिहासमा पहिलो सातामै सर्वाधिक कमाइ गर्ने चलचित्रको कीर्तिमान बनाएको छ ।
नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको चलचित्रले प्रदर्शनको सुरुवाती तीन दिनमै विश्वभरबाट ३२५ करोड भारुभन्दा बढी कमाइ गरेको थियो । त्यसपछि पनि चलचित्रको कमाइले गति कायम राखेको निर्माण पक्षले जनाएको छ ।
जेलर २ ले भारतीय बक्स अफिसमा ३९१.५५ करोड भारु कमाएको छ भने भारत बाहिर विश्वभर २१४.५ भारु कमाएको छ ।
चलचित्रमा रजनीकान्तको लोकप्रियताले विभिन्न उमेर समूहका दर्शकलाई आकर्षित गरेको छ । घरेलु बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत चलचित्रले राम्रो प्रदर्शन गरेको छ ।
‘जेलर २’ लाई सन पिक्चर्सले निर्माण गरेको हो । पहिलो आठ दिनमा ६०६.०५ करोड भारुभन्दा बढी कमाइ गर्दै चलचित्रले तमिल चलचित्र उद्योगमा नयाँ कीर्तिमान कायम गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’