- शक्तिशाली आँधी ‘चाम्पी’ ताइवानतर्फ अघि बढेपछि शुक्रबार २२ मध्ये २१ वटा सहर तथा जिल्लामा विद्यालय र कार्यालय बन्द गरिएका छन् । आँधीका कारण एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
काठमाडौं : शक्तिशाली आँधी ‘चाम्पी’ ताइवानतर्फ अघि बढेपछि शुक्रबार २२ मध्ये २१ वटा सहर तथा जिल्लामा विद्यालय र कार्यालय बन्द गरिएका छन् । आँधीका कारण एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
ताइवानमा २४ घण्टामै केही क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै एक हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
आँधीका कारण शुक्रबारका लागि तय गरिएका सबै २६२ आन्तरिक उडान र ६६० भन्दा बढी अन्तर्राष्ट्रिय उडान रद्द गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रेल तथा नौका सेवा पनि प्रभावित भएका छन् भने केही राजमार्ग बन्द गरिएको छ ।
ताइवानको मौसम विभागले आँधी शनिबार साँझसम्म सक्रिय रहने अनुमान गरेको छ । उत्तरी क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकाले सर्वसाधारणलाई समुद्री तट र पहाडी क्षेत्रमा नजान चेतावनी दिइएको छ ।
आँधी जापानतर्फ अघि बढ्ने अनुमान गरिएको छ । जापानमा पनि सयभन्दा बढी उडान रद्द भएका छन् भने ओकिनावा क्षेत्रमा ३ हजार ६३० घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
यस वर्ष पूर्वी एसियामा आँधीको गतिविधि बढेको छ । जापानमा यस वर्षको आँधीको सङ्ख्या ३० पुगेको जनाइएको छ । मौसमविद्हरूले प्रशान्त महासागरमा देखिएको शक्तिशाली एल निनोका कारण यस वर्ष थप आँधी विकसित हुन सक्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’