दसैँमा बञ्चरेडाँडा ल्यान्डफिल साइट तीन दिन बन्द हुने

३० असोज, २०८३
सारांश
  • बडादसैँका कारण बञ्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइट तीन दिन बन्द हुने भएको छ ।

काठमाडौँ : बडादसैँका कारण बञ्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइट तीन दिन बन्द हुने भएको छ ।

 

काठमाडौँ महानगरले जारी गरेको सूचनाअनुसार २०८३ कात्तिक १, ३ र ४ गते ल्यान्डफिल साइट पूर्ण रूपमा बन्द रहनेछ । ती दिनबाहेक अन्य दिनमा भने फोहोर विसर्जनको काम नियमित सञ्चालन हुनेछ ।

 

ल्यान्डफिल साइट बन्द रहने अवधिमा फोहोर व्यवस्थापनमा समस्या आउन सक्ने भएकाले काठमाडौँ महानगरपालिकासहित उपत्यकाका सबै बासिन्दालाई घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल, नदीकिनार र खुला ठाउँमा नफाल्न आग्रह गरिएको छ । 

त्यस्तै, कुहिने र नकुहिने फोहोर घरमै छुट्याएर राख्न तथा चाडपर्वका बेला घरआँगन, टोल र सार्वजनिक स्थल सफा राख्न पनि अनुरोध गरिएको छ ।

 

वातावरणीय स्वच्छता कायम राख्दै फोहोर व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन उपत्यकावासीको सहयोग आवश्यक रहेको महानगरले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार