- चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
काठमाडौं : चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
सम्बन्धित जिल्लाको भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो ।
चितवनको इच्छाकामना गाउँपालिका ७ का ३२ भूमिहीन सुकुम्बासी र १ भूमिहीन दलित परिवारले लालपुर्जा प्राप्त गरेका छन्। त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका वडा नं ११ का ७ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।
यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं ८ र ९ का १४ भूमिहीन दलित तथा २ भूमिहीन सुकुम्बासी परिवारले जग्गाधनी पुर्जा पाएका छन् ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि ५७ परिवार कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण तीव्र बनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’