नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य

३० असोज, २०८३
सारांश
  • अत्यधिक हिमपातका कारण अवरुद्ध कर्णाली करिडोरअन्तर्गतको नारापास–हिल्सा सडकखण्ड खुलाउन पूर्वाधार विकास मन्त्रालयको टोलीले काम तीव्र पारेको छ ।

काठमाडौँ : अत्यधिक हिमपातका कारण अवरुद्ध कर्णाली करिडोरअन्तर्गतको नारापास–हिल्सा सडकखण्ड खुलाउन पूर्वाधार विकास मन्त्रालयको टोलीले काम तीव्र पारेको छ ।

 

 करिब ४ हजार ५०० मिटर उचाइमा रहेको उक्त सडकखण्डको नाउरपानी क्षेत्रमा आवश्यक उपकरण परिचालन गरी हिउँ पन्छाउने काम भइरहेको छ । जोखिमपूर्ण अवस्थामा पनि सडक खुलाउन टोली खटिएको छ ।

 

रोजगारीका लागि हिल्साबाट चीनको ताक्लाकोट पुगेका नेपाली नागरिकलाई दसैँमा घर फर्कन सहज बनाउने उद्देश्यले सडक खुलाउने कामलाई तीव्रता दिइएको हो ।

 

आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको उक्त सडकखण्ड तीन दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार