- गृहमन्त्री सुधन गुरुङले भारतका केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् ।
काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले भारतका केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् ।
नयाँदिल्लीमा आयोजित बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकका क्रममा भएको भेटमा द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, अन्तरदेशीय अपराध नियन्त्रण गर्ने तथा विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
भेटमा गृहमन्त्री गुरुङले नेपालमा हालै आएको बाढीपहिरोपछि भारतले समयमै उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
उनले सार्वभौम समानता, पारस्परिक सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हित हुने व्यावहारिक सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’