कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी विजयी

२७ असोज, २०८३
सारांश
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खुलातर्फ खतिवडा र सिवाकोटी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

काठमाडौं : नेपाली कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन्।

 

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खुलातर्फ खतिवडा र सिवाकोटी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

 

उनीहरूका प्रतिद्वन्द्वी डिल्लीराम सुवेदी, देवेन्द्र राज कँडेल, राजिव ढुंगाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री रहेका थिए ।

 

त्यस्तै अन्य कलस्टरतर्फ विभिन्न पदहरूको मतगणना पार्टी कार्यालय सानेपामा जारी रहेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबारसम्म सबै मतगणना सक्ने गरी हाल गणना भइरहेको जानकारी दिएको छ ।

 

यसअघि सभापतिमा गगन थापा, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिलामा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए भने उपसभापति खुलामा चन्द्र भण्डारी र मधु आचार्य, समावेशीतर्फको उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका थिए। त्यस्तै महामन्त्री खुलामा प्रदीप पौडेल र उदय शम्शेर राणा र महिलातर्फ डा. डिला संग्रौला निर्वाचित भएका थिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार