- मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने, आर्थिक तथा लगानी सहकार्य विस्तार गर्ने र दक्षिण–दक्षिण सहकार्य तथा बहुपक्षीयतालाई प्रवर्द्धन गर्ने विषयमा विचार आदानप्रदान भएको छ ।
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्राध्यापक अनिल सुकलालबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने, आर्थिक तथा लगानी सहकार्य विस्तार गर्ने र दक्षिण–दक्षिण सहकार्य तथा बहुपक्षीयतालाई प्रवर्द्धन गर्ने विषयमा विचार आदानप्रदान भएको छ ।
नेपालमा हालै आएको विनाशकारी बाढीबारे पनि उनीहरूले छलफल गरेका थिए । जलवायु परिवर्तनको जोखिममा रहेका देशहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चमा थप सशक्त बनाउनुपर्ने र जलवायु परिवर्तनविरुद्ध लड्न अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’