कार्यालय सहयोगीसहित सरकारी कर्मचारीलाई जीवनरक्षा तालिम सुरु

२६ असोज, २०८३
सारांश
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न मन्त्रालयका कार्यालय सहयोगीसहित सरकारी कर्मचारीलाई लक्षित गरी आधारभूत जीवन सहायता सम्बन्धी एकदिने तालिम सुरु गरेको छ।

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न मन्त्रालयका कार्यालय सहयोगीसहित सरकारी कर्मचारीलाई लक्षित गरी आधारभूत जीवन सहायता सम्बन्धी एकदिने तालिम सुरु गरेको छ।

 

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रमअन्तर्गत आजदेखि तालिम सञ्चालन गरेको हो।

 

आकस्मिक अवस्थामा मानिसको जीवन बचाउन आवश्यक व्यावहारिक सीप प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको छ।

 

तालिममा हृदयाघात वा अन्य आकस्मिक अवस्थामा गरिने मुटु र श्वासप्रश्वास पुनः सञ्चालन प्रक्रिया, घाँटीमा खानेकुरा वा वस्तु अड्किँदा अपनाउनुपर्ने प्राथमिक उपाय तथा अन्य जीवनरक्षासम्बन्धी सीप सिकाइनेछ।

 

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयलाई पत्राचार गरी कर्मचारी सहभागी गराउन अनुरोध गरेको थियो। असोज २९ गतेसम्म चार चरणमा सञ्चालन हुने तालिममा कार्यालय सहयोगी, व्यक्तिगत सुरक्षा अधिकृत तथा सोही प्रकृतिका कर्मचारीसँगै राजपत्र अनङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारी सहभागी हुनेछन्।

 

प्रत्येक मन्त्रालयबाट प्रत्येक चरणमा एक जना कर्मचारी सहभागी गराउने व्यवस्था गरिएको छ। तालिम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुमा बिहान ९ बजेदेखि सञ्चालन भइरहेको छ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार