पृथ्वी राजमार्ग आजराति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द हुने

२६ असोज, २०८३
सारांश
  • जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार गजुरी गाउँपालिका–५ स्थित गलौंदीमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि मर्मतसम्भारका लागि सवारी आवागमन बन्द गर्न लागिएको हो ।

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ ।

 

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार गजुरी गाउँपालिका–५ स्थित गलौंदीमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि मर्मतसम्भारका लागि सवारी आवागमन बन्द गर्न लागिएको हो ।

 

सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

 

सडक मर्मतका क्रममा यात्रु तथा सवारी चालकलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार