बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलमर्मतपछि आजदेखि सञ्चालन

२६ असोज, २०८३
सारांश
  • कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग मर्मत गरिएपछि आजदेखि यातायात सञ्चालनमा आएको छ ।


बागलुङ : कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग मर्मत गरिएपछि आजदेखि यातायात सञ्चालनमा आएको छ ।

 

 सरकारले बडादसैँअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित अघि बढाइएको मर्मत कार्य पूरा भएपछि यातायात सुचारु भएको हो ।

 

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पुलको पर्वततर्फको पहुँचमार्ग कटान गर्दा आवागमन अवरुद्ध भएको थियो ।

 

एक सय १४ मिटर लामो पुलको पहुँचमार्गतर्फ करिब ३० मिटर सडकमा क्षति पुगेपछि बागलुङ र पर्वतबीचको नियमित सडक सम्पर्क प्रभावित भएको थियो ।

 

मालढुङ्गा पुल मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका लागि महत्त्वपूर्ण सडक सम्पर्क हो । पुल अवरुद्ध हुँदा बागलुङसहित म्याग्दी र मुस्ताङतर्फको आवागमन तथा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या परेको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार