ओली काँग्रेस महाधिवेशनमा सहभागी नहुने

१८ असोज, २०८३, आइतवार
सारांश
  • नेकपा एमालेका अध्यक्ष केपी ओली आज हुने नेपाली काँग्रेसको १५औं महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी ओली आज हुने नेपाली काँग्रेसको १५औं महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

 

खुलामञ्चमा आज अपराहन्न हुने काँग्रेसको महाधिवेशनमा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन् ।

 

काँग्रेसको महाधिवेशनमा शुभकामना दिन रास्वपा सभापति रवि लामिछाने, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, श्रमसंस्कृतिका आरेन राईलगायत सहभागी हुने भएका छन् ।

 

काँग्रेसले महाधिवेशन उद्घाटनका लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई निम्ता गरेपनि उनी उपस्थित नहुने भएका छन् । काँग्रेसको परम्परामा सभापतिले नै उद्घाटन गर्ने रहेकाले सभापति गगन थापाले नै महाधिवेशन उद्घाटन गर्ने बताइएको छ ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा शुरू हुदैछ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार