- बागमती नगरपालिका–४ जंगलटोलस्थित जिरायतको नयाँ बस्तीमा आइतबार बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।
सर्लाही : बागमती नगरपालिका–४ जंगलटोलस्थित जिरायतको नयाँ बस्तीमा आइतबार बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।
समुदायिक वनको पश्चिमतर्फ बूढी बागमतीको पूर्वपट्टि रहेको परवल बारीमा हात्ती मृत अवस्थामा फेला परेको जनाइएको छ ।
स्थानीयले हात्ती मृत अवस्थामा देखेपछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए । घटनापछि प्रहरी तथा सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाएका छन् ।
हात्तीको मृत्यु के कारणले भएको हो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।