२४ घण्टामा देशभर सवारी दुर्घटनामा ८ को मृत्यु, १४७ जना घाइते

१८ असोज, २०८३, आइतवार
सारांश
  • पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन् ।

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन् ।

 

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकी प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने काठमाडौँ उपत्यका र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

 

त्यस्तै देशभर भएका दुर्घटनामा १४७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने कोशीमा २९ जना, काठमाडौँ उपत्यकामा १८ जना, सुदूरपश्चिममा ४ जना, बागमतीमा ७ जना घाइते भएका छन् भने लुम्बिनीमा ३६ जना, कर्णालीमा ४ जना र गण्डकीमा २० जना घाइते भएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार