- नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ को सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ ।
काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ को सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ ।
क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन् ।
अक्टोबर ९ देखि शुरु हुने यस सिरिजमा नेपालसहित ओमान र क्यानडाले खेल्ने तालिका रहेको छ । नेपालले अक्टोबर ११ मा क्यानडासँग, अक्टोबर १३ मा ओमानसँग, अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छन् ।
नेपालको हाल ३२ खेलमा २४ अंक रहेको छ भने अंक तालिकामा सातौं स्थानमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
मोदी शासनको १२ वर्ष: सांस्कृतिक पुनरुत्थान देखि आर्थिक समृद्धिसम्म
भारतले पछिल्ला वर्षहरूमा केवल आर्थिक र प्राविधिक क्षेत्रमा प्रगति गरेको छैन, अन्तर्राष्ट्रिय कूटनीतिमा पनि आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरेको देखिन्छ।