अर्को ९/११ हुनबाट जोगियो, साहसी पाइलटलाई मोदी र नेतान्याहूको प्रशंसा
१५ असोज, २०८३, बिहिवार
- भारतीय प्रधानमन्त्री मोदीले पनि गम्भीर घाइते अवस्थामा समेत अरूको जीवन जोगाउन मच्छरले देखाएको साहस र दृढताको प्रशंसा गर्दै उनलाई ‘हिरो’ भनेका छन्।
दुबईबाट इजरायलतर्फ उडेको फ्लाईदुबई विमानलाई सम्भावित ठूलो दुर्घटनाबाट जोगाउने भारतीय पाइलट स्मित मच्छरलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘हिरो’ भन्दै प्रशंसा गरेका छन्।
बुधबारको उडानमा सह–पाइलटले मुख्य पाइलट मच्छरमाथि चक्कु प्रहार गरी विमान दुर्घटना गराउने प्रयास गरेका थिए। आक्रमणपछि विमान करिब ३० सेकेन्डमै १४ हजार फिट तल झरेको बताइएको छ। गम्भीर घाइते र रगतले लतपतिएका मच्छरले ककपिटको ढोका खोल्न सफल भएपछि यात्रु र चालक दलका सदस्यले सह–पाइलटलाई नियन्त्रणमा लिएका थिए।
त्यसपछि विमानमा रहेका फ्लाईदुबईका अन्य दुई पाइलटले विमानलाई साउदी अरबको तबुकमा सुरक्षित अवतरण गराएका थिए। विमानमा रहेका १७४ जनाको ज्यान जोगिएको इजरायली प्रधानमन्त्री नेतान्याहूले बताएका छन्। उनले घटनालाई ‘अर्को ९/११’ जस्तो ठूलो त्रासदी हुनबाट रोकिएको घटनाका रूपमा उल्लेख गर्दै यात्रु र चालक दलको साहसको प्रशंसा गरेका छन्।
भारतीय प्रधानमन्त्री मोदीले पनि गम्भीर घाइते अवस्थामा समेत अरूको जीवन जोगाउन मच्छरले देखाएको साहस र दृढताको प्रशंसा गर्दै उनलाई ‘हिरो’ भनेका छन्। उनका अनुसार मच्छरको बहादुरीले सयौँको ज्यान जोगाउँदै ठूलो दुर्घटना टारेको छ।
मच्छरको साउदी अरबको तबुकस्थित अस्पतालमा उपचार भइरहेको छ। भारतीय दूतावासका अनुसार उनको अवस्था स्थिर छ र घटनापछि उनको शल्यक्रिया समेत गरिएको छ।
मुम्बईका मच्छरले फ्लाईदुबईमा आबद्ध हुनुअघि भारतीय विमान कम्पनी स्पाइसजेटमा ११ वर्षभन्दा बढी काम गरेका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।