- उनले आजबाट सुरु हुन लागेको १५ औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशनमा उल्लासपूर्ण ढंगले सहभागी हुन पनि नेता कार्यकर्तालाई अपिल गरेका छन् ।
नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनबाट आन्तरिक मतभेद समाधान हुने बताएका छन् ।
उनले आजबाट सुरु हुन लागेको १५ औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशनमा उल्लासपूर्ण ढंगले सहभागी हुन पनि नेता कार्यकर्तालाई अपिल गरेका छन् ।
देउवाले सामाजिक सञ्जाल मेटामा सन्देश लेख्दै आठ दशक लामो इतिहास बोकेको पार्टीको १५ औँ महाधिवेशन निकै महत्वपूर्ण रहने भएकाले नेता कार्यकर्तालाई सहभागी हुन अपिल गरेका हुन् ।
‘नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका बलिदान,त्याग र सर्घषलाई थप मजब्ुत बनाउन १५ औं महाधिवेशन हाम्रा लागि निकै महत्वपूर्ण छ,’ उनले भनेका छन्, ‘तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा आजदेखि देशभरका ६ हजार ७ सय ४३ वडामा एकै साथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्ष उल्लासका साथ सहभागी भएर सम्पन्न गर्न हार्दिक अनुरोध गर्दछु।’
उनले पार्टीभित्रको मतभेद १५ औं महाधिवेशनमार्फत समाधान गरेर पार्टी अरु मजबुत बनाउने प्रण गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।