नोटबन्दी गर्न रास्वपा सांसद न्यौपाने माग

१४ असोज, २०८३, बुधवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने नोटबन्दी गर्न माग गरेका छन् ।

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने नोटबन्दी गर्न माग गरेका छन् ।

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले विगतमा भ्रष्टाचार गरेको पैसाले अहिले चलखेलको प्रयास गरिएको भन्दै एक हजार र पाँचसयका नोट बन्द गरेर नयाँ नोट छाप्न आग्रह गरेका हुन् ।

 

उनले भने-'३५ बर्ष देखि यो देश लुटेकाहरुले राखेको कालोधनका कारण आज उनीहरुले आज शक्ति प्राप्त भयो भन्दै यो देशका विरुद्धमा, प्राप्त जनमतका विरुद्धमा संघर्ष गर्ने भनेर यदाकदा सुनिदैछ । हामीलाई थाहा छ यो पैसा कालोधन हो, यो देश लुटेको धन हो ।

 यो पैसाको व्यवस्थापन उनीहरुले विभिन्न ठाउमा गरेको सुनिएको छ । त्यसैले नोटबन्दी गर्नुपर्यो सरकारले । तत्काल यी नोटहरुलाई सरकारले लिएर बैकिंग प्रणालीमा ल्याउनुपर्यो र नयाँ नोट जारी गर्नुपर्यो ।'

 

सांसद न्यौपानेले भारतमा पनि यस्तै गरिएको भन्दै त्यसबाट सिक्नुपर्ने बताए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार