नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ छ- प्रधानमन्त्री शाह

१३ असोज, २०८३, मगलवार
सारांश
  • प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन् ।

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन् ।

 

कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहदरबारमा भएको बिदाइ भेटमा उनले यस्तो बताएका हुन् ।

 

भेटमा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्का बेला भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिँदै आगामी यात्राका लागि शुभकामना पनि दिए ।

 

राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपालमा विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराएका थिए । नेपाल बसाइका क्रममा सहयोग पुर्‍याएकोमा उनले नेपाल सरकार र नेपाली जनताप्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार