भारतमा सन्तान नहुँदा परीक्षण गराउन गएका पुरुषको शरीरमा पाठेघर भेटियो
११ असोज, २०८३, आइतवार- भारतको नयाँदिल्लीमा सन्तान नहुँदा स्वास्थ्य परीक्षण गराउन गएका २६ वर्षीय पुरुषको शरीरमा पाठेघर र डिम्बवाहिनी नली भेटिएको छ ।
काठमाडौँ : भारतको नयाँदिल्लीमा सन्तान नहुँदा स्वास्थ्य परीक्षण गराउन गएका २६ वर्षीय पुरुषको शरीरमा पाठेघर र डिम्बवाहिनी नली भेटिएको छ ।
विवाह भएको दुई वर्षसम्म सन्तान नभएपछि चिकित्सकको सम्पर्कमा पुगेका ती पुरुषको परीक्षणका क्रममा यस्तो दुर्लभ अवस्था पत्ता लागेको हो । भारतीय मिडियाहरुका अनुसार बाहिरी शारीरिक बनावट र पुरुषमा हुने अन्य विशेषता सामान्य रहे पनि उनको शरीरभित्र पाठेघर र डिम्बवाहिनी नली रहेको पाइएको थियो ।
उपचारमा संलग्न चिकित्सकका अनुसार ती पुरुषमा जन्मजात हुने अत्यन्त दुर्लभ अवस्था देखिएको हो । चिकित्सकीय भाषामा यसलाई ‘पर्सिस्टेन्ट मुलरियन डक्ट सिन्ड्रोम’ भनिन्छ । विश्वभर अहिलेसम्म यसका ३०० भन्दा कम घटना अभिलेख भएका छन् ।
परीक्षणका क्रममा ती पुरुषका दुवै अण्डकोष सामान्य स्थानमा नरहेको र वीर्यमा शुक्रकीटसमेत नभएको पाइएको थियो । थप परीक्षण गर्दा उनको शरीरभित्र पाठेघर र डिम्बवाहिनी नली भेटिएका थिए । यद्यपि, डिम्बाशय भने थिएनन् ।
चिकित्सकका अनुसार शल्यक्रियामार्फत पाठेघर, डिम्बवाहिनी नली र अण्डकोष हटाइएको छ । परीक्षणका क्रममा एउटा अण्डकोषमा क्यान्सर हुनुअघिको अवस्थासमेत देखिएको थियो ।
शल्यक्रियाको सात दिनपछि ती पुरुष काममा फर्किएका छन् । अण्डकोष हटाइएकाले अब उनले प्रत्येक तीन महिनामा टेस्टोस्टेरोनको सुई लगाउनुपर्ने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार शरीरमा पाठेघर भए पनि ती पुरुष गर्भधारण गर्न सक्षम थिएनन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह
-
लगातार वर्षापछि बीपी राजमार्गसहित काभ्रेका विभिन्न सडक अवरुद्ध
-
पृथ्वी राजमार्गमा १० स्थानमा पहिरो
-
कुलेखानी जलाशय लगातार बढ्दै, सतर्क रहन आग्रह
-
भारतमा सन्तान नहुँदा परीक्षण गराउन गएका पुरुषको शरीरमा पाठेघर भेटियो
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।