फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन

११ असोज, २०८३, आइतवार
सारांश
  • फेवातालमा हुन सक्ने जल दुर्घटनामा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले अत्याधुनिक ‘जेट स्की बोट’ सञ्चालनमा ल्याएको छ ।

पोखरा । फेवातालमा हुन सक्ने जल दुर्घटनामा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले अत्याधुनिक ‘जेट स्की बोट’ सञ्चालनमा ल्याएको छ ।

 

सशस्त्र प्रहरीले असोज ११ गतेदेखि उक्त बोट सञ्चालनमा ल्याएको हो । फेवातालमा हुने पानीजन्य घटनामा तत्काल खोज तथा उद्धार गर्न सहयोग पुग्ने उद्देश्यले जेट स्की बोट सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

तीन सिट क्षमताको जेट स्की बोटले प्रतिघण्टा करिब १ सय ५ किलोमिटर दूरी पार गर्न सक्ने क्षमता रहेको छ । त्यस्तै, यो बोट लगातार ६ देखि ७ घण्टासम्म सञ्चालन गर्न सकिने जनाइएको छ । फेवातालमा पर्यटकीय गतिविधि तथा जल यात्राका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले २०६९ सालदेखि ‘फेवा वाच एन्ड रेस्क्यू टावर’ स्थापना गरी निरन्तर खोज तथा उद्धार सेवा प्रदान गर्दै आएको छ ।

 

उक्त टावरमार्फत परिचालित सशस्त्र प्रहरीका उद्धार टोलीले हालसम्म फेवातालबाट १ हजार ५८८ जनाको जीवितै उद्धार गरिसकेका छन् । त्यस्तै, ५३ जनाको शवसमेत फेवातालबाट निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उच्च गतिको जेट स्की बोटको प्रयोगबाट फेवातालमा हुने आपत्कालीन उद्धार कार्यलाई अझ छिटो, छरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास सशस्त्र प्रहरीले लिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार