एसियाली खेलकुदको क्रिकेटमा आज नेपाल र जापान खेल्दै

१० असोज, २०८३, शनिवार
सारांश
  • यो खेल आज नेपाली समय अनुसार बिहना ५: ४५ बजेदेखि जापानको निसिनस्थित कोरोगी खेलकुद पार्कमा हुदैछ ।

काठमाडौँ: एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज जापानको सामना गर्दैछ ।

 

यो खेल आज नेपाली समय अनुसार बिहना ५: ४५ बजेदेखि जापानको निसिनस्थित कोरोगी खेलकुद पार्कमा हुदैछ ।

 

पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ । यस समुहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको छ भने दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । अफगानिस्तानको एशियाली खेलकुदमा मुख्य टिम भने सहभागी भएको छैन । अब आजको खेल पछि समुह ए बाट क्वाटरफाइनलमा जाने दुई देशको टुंगो लाग्ने छ । आजको खेल नेपालले जितेमा समुह विजेता हुदै क्वाटरफाइनलमा पुग्ने छ र क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने छ । आजको खेलमा हार बेहोरेमा भने रनरेटको आधारमा उच्च रनरेट हुने दुई देश क्वाटरफाइनलमा पुग्ने छन् । यस समुहको उपविजेता हुने देशले क्वाटरफाइनलमा भारतको सामना गर्ने छ ।

 

समूह चरणपबाट चार देश क्वाटरफाइनलमा जाने छन् भने क्वार्टरफाइनलका खेल सेप्टेम्बर २८ र २९ मा हुनेछन् । पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशले क्वार्टरफाइनलबाट प्रतियोगिता सुरु गर्नेछन् । सेमिफाइनल अक्टोबर १ तथा कांस्य पदकको खेल र फाइनल अक्टोबर ३ मा हुने तालिका छ ।

 

प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टिम चयन गरिएको हो । टिममा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम रहेका छन् ।

 

सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ भारतले स्वर्ण पदक जितेको थियो । पाकिस्तानलाई हराउँदै बंगलादेशले कांस्य पदक जितेको थियो । महिला क्रिकेटमा भारतले स्वर्ण, श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक जितेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।

थप समाचार