- महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशन पनि जारी रहेको कांग्रेसले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा अधिवेशन प्रक्रिया अघि बढेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन हुँदैछ ।
महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशन पनि जारी रहेको कांग्रेसले जनाएको छ ।
यसक्रममा असोज १० देखि १३ गतेसम्म प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन जारी रहेका छन् भने मनाङ, मुस्ताङ र बैतडीमा सम्पन्न भइसकेका छन् ।
त्यसैगरी संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रोल्पा, रुकुम पश्चिम, जुम्ला, डोटी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरमा अधिवेशनको उद्घाटन सत्र सुरु भई निर्वाचन प्रक्रिया चलिरहेको कांग्रेसले जनाएको छ ।
कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा विभिन्न तहका अधिवेशनमार्फत प्रतिनिधि चयन तथा नेतृत्व छनोटको प्रक्रिया अघि बढिरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।