कांग्रेसको १५औँ महाधिवेशनका लागि १५ समिति गठन, संयोजक तोकिए

१० असोज, २०८३, शनिवार
सारांश
  • १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सभापति गगनकुमार थापा तोकिएका छन् ।

काठमाडौं: नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ ।

 

महाधिवेशनका विभिन्न समितिबीच समन्वय र सहजीकरण गर्न, व्यवस्थापनका विषयमा आवश्यक निर्णय लिन तथा सबै समितिले आफ्नो जिम्मेवारीअनुसार काम गरे–नगरेको सुनिश्चित गर्न समितिहरू गठन गरिएको कांग्रेसले जनाएको छ ।

 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो । त्यसैको निरन्तरतामा विभिन्न विषयगत समिति गठन गरिएको हो ।

 

१५औँ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सभापति गगनकुमार थापा तोकिएका छन् । आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे र सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणा तोकिएका छन् ।

 

त्यस्तै, अतिथि स्वागत समितिको संयोजकमा सहमहामन्त्री डा. डिला संग्रौला पन्त, महाधिवेशन समारोहस्थल व्यवस्थापन समितिको संयोजकमा काठमाडौं जिल्ला सभापति तथा प्रदेश र स्थानीय तहगत समन्वय समितिको संयोजकमा सहमहामन्त्री बहादुरसिंह लामालाई जिम्मेवारी दिइएको छ ।

 

ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समितिको संयोजकमा सुधीर शिवाकोटी, स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य गणेश लामा, भोजन व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य तिलक रानाभाट र आवास व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेशप्रसाद धमला तोकिएका छन् ।

 

यसैगरी, स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य डा. केदारनरसिंह केसी, यातायात व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य विजयबहादुर स्वाँर तथा सांस्कृतिक–साहित्यिक संयोजन समितिको संयोजकमा केन्द्रीय सदस्य सीता गुरुङलाई जिम्मेवारी दिइएको छ ।

 

यसैगरी, विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप गरिएको कांग्रेसले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार