२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ७१ जना घाइते

२०८३ असोज १० शनिवार
सारांश
  • पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ७१ जना घाइते भएका छन् ।

काठमाण्डौ, १० असोज । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ७१ जना घाइते भएका छन् ।

 

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने मधेश, सुदूरपश्चिम प्रदेश र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।

 

त्यस्तै, देशभर भएका दुर्घटनामा ७१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १० जना घाइते भएका छन् भने कोशीमा १७ जना, काठमाडौँ उपत्यकामा ६ जना, सुदूरपश्चिममा ६ जना, बागमतीमा १ जना घाइते भएका छन् भने लुम्बिनीमा १६ जना, कर्णालीमा ९ र गण्डकीमा ६ जना घाइते भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार